1 Kings 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञापालन गर्दै अगमवक्ताले वेदीको विरुद्धमा उच्‍च सोरले यसरी भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ, दाऊदका परिवारमा एउटा योशियाह नाम भएको बालक जन्‍मनेछ। उसले यो वेदीमा बलि चढाउने पूजाहारी, जसले मूर्तिपूजा गर्दैआएका छन्, तिनीहरूलाई यसै वेदीमा मार्नेछ र यसै वेदीमा उसले मानिसहरूका हड्डीहरू जलाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको घरानामा योशियाह नाउँ भएको एक जना छोरो जन्‍मनेछ। त्‍यसले यहाँ बलिदान चढ़ाउने डाँड़ा-डाँड़ाका थानका पूजाहारीहरूलाई तँमाथि नै बलिदान चढ़ाउनेछ, र तँमाथि मानिसका हड्डी जलाइनेछन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको वचनद्वारा तिनले त्यस वेदीको विरुद्धमा कराएर यसो भने, “हे वेदी, वेदी! याहवेह यसो भन्‍नुहुन्छ: ‘दावीदको घरानामा योशियाह नाम भएको एउटा छोरा जन्मनेछ। त्यसले अहिले यहाँ अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउनेछ। अनि मानिसका हड्डीहरू तँमाथि जलाइनेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले त्यस परमेश्वरको जनलाई वेदीको विरोधमा बोल्ने आदेश दिनुभयो। उनले भने, “वेदी, परमप्रभुले तिमीलाई भन्नुभएको छः ‘दाऊदको परिवारमा योशीया नाउँ भएको एउटा छोरा जन्मिनेछ। यी पूजाहारीहरू अहिले अग्ला ठाउँहरूमा पूजा गरिहरेका थिए तर वेदी, योशीया ती पूजारीहरूलाई तिमी माथि राख्नेछन् अनि उनले तिनीहरूलाई मार्नेछन्। अहिले ती पूजाहारीहरू तिमी माथि धूपबत्ती बाल्ने गर्छन्। तर योशीयाले तिमी माथि मानिसको हाड जलाउनेछन्। तब तिमी फेरि उपयोगमा आउनेछैनौ!”‘