1 Kings 13:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनले कराएर यहूदाका अगमवक्तालाई भने, “परमप्रभु भन्‍दै हुनुहुन्‍छ कि तपाईंले उहाँको आज्ञापालन गर्नुभएन र उहाँले भनेअनुसार काम गर्नुभएन;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यहूदाबाट आएका ती परमेश्‍वरका जनलाई कराएर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तैंले आफ्‍ना परमप्रभुको वचनलाई तुच्‍छ ठानेको छस्, र परमप्रभु तेरा परमेश्‍वरले तँलाई दिनुभएको आज्ञालाई मानेको छैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदाबाट आउने परमेश्‍वरको जनलाई कराएर भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘तैँले याहवेहको वचनलाई अशुद्ध तुल्याइस्, र याहवेह तेरा परमेश्‍वरले तँलाई दिनुभएका आज्ञाहरू पालन गरिनस्।
Nepali ERV (पवित्र बाइबल)
अनि बूढा अगमवक्ताले परमेश्वरको जनसँग कुरा गरे जो यहूदाबाट आएका थिए। उनले भने, “परमप्रभुले भन्नुभयो कि तिमीले उहाँको आदेश पालन गरेका छैनौ! परमप्रभु तिम्रा परमेश्वरले जो आदेश तिमीलाई दिएको थिए त्यो तिमीले पालन गरेका छैनौ।