1 Kings 13:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यहाँ फर्केर आई उहाँले मनाही गर्नुभएको ठाउँमा भोजन गर्नुभयो। यसकारण तपाईं मारिनुहुनेछ र तपाईंको लाश आफ्ना परिवारको चिहानमा गाडिनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मनाही गर्नुभएको ठाउँमा रोटी खान र पानी पिउन तँ फर्केर आइस्। यसकारण तेरो मृत-शरीर तेरा पिता-पुर्खाहरूको चिहानमा गाड़िनेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ फर्केर आइस्, र उहाँले तँलाई नखानू र नपिउनू भनेको ठाउँमा तैँले खाइस् र पिइस्। यसकारण तेरो शरीर तेरा पितापुर्खाहरूसित गाडिनेछैन।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीलाई कुनै पनि ठाउँमा केही पनि न खानु भन्नु भएको थियो। तर तिमी फिर्ता आयौ अनि खान-पीन गर्यौ। यसकारण तिम्रो शरीर तिम्रो परिवारको चिहानमा गाडीने छैन।”