1 Kings 13:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यताबाट जाने मानिसहरूले ती लाश र सिंहलाई देखे र तिनीहरूले बेथेलमा गएर आफूले देखेका कुरा सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही बाटो भएर जाने कोही मानिसहरूले त्यो लाश बाटैमा फ्याँकिएको र त्यस सिंहलाई लाशकै छेउमा उभिरहेको देखे, र गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो समाचार सुनाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो बाटो भएर जाने केही मानिसहरूले त्यस शरीरलाई बाटोमा फ्याँकिएको र त्यो सिंहचाहिँ त्यस लासको छेउमा उभिरहेको देखे। तिनीहरूले गएर ती वृद्ध अगमवक्ता बसेको सहरमा त्यो खबर सुनाए।
Nepali ERV (पवित्र बाइबल)
केही अरू मानिसहरू बाटोमा यात्रा गरिरहेका थिए। तिनीहरूले सिंहलाई लाशको छेउमा उभिएको देखे। मानिसहरू शहरमा आए जहाँ बूढा अगमवक्ता बस्ने गर्दथे अनि बाटोमा आफूले देखेको विषयमा उनीहरूलाई भने।