1 Kings 13:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो कुरा सुनी वृद्ध अगमवक्ताले भने, “परमप्रभुको आज्ञापालन नगर्ने अगमवक्ता त्‍यही हो। त्‍यसकारण परमप्रभुले आफूले भन्‍नुभएअनुसार त्‍यसलाई गाँजी मार्न सिंह पठाउनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनलाई यात्राबाट फर्काएर ल्‍याएका ती अगमवक्ताले त्‍यो कुरा सुने, तब तिनले भने, “उनी त त्‍यही परमेश्‍वरका जन हुन्, जसले परमप्रभुको वचनलाई टेरेका थिएनन्‌। परमप्रभुले उनलाई सिंहको मुखमा पर्न दिनुभएछ, र परमप्रभुको वचनले चेताउनी दिएझैँ त्‍यस सिंहले उनलाई फहराएर मारेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई आफ्नो यात्राबाट फर्काएर ल्याउने ती अगमवक्ताले यस विषयमा सुनेपछि तिनले भने, “तिनी परमेश्‍वरका जन नै हुन्, जसले याहवेहको वचनलाई अवहेलना गरेका थिए। याहवेहले तिनलाई सिंहकहाँ सुम्पिदिनुभएको छ। याहवेहको वचनले चेताउनी दिएझैँ त्यस सिंहले उनलाई फहराएर मारेछ।”
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ताले ती मानिसलाई धोका दिए अनि फर्काएर ल्याए। उनले भएको घटनाको विषयमा सबै सुने अनि भने, “यो परमेश्वरको जन हो जसले परमप्रभुको आदेश पालन गरेन। यसैकारण परमप्रभुले एउटा सिह उसलाई मार्न पठाउनु भयो। परमप्रभुले ऊ मर्छ भन्नु भएकोले नै ऊ मर्यो।”