1 Kings 13:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनी त्‍यसमा चढेर गए र यहूदाका अगमवक्ताको लाश बाटोमा लडिरहेको अनि गधा र सिंह लाशको छेउमा उभिरहेको उनले भेटे। सिंहले लाश खाएको थिएन वा गधालाई मारेको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनी गएर त्‍यस लाशलाई बाटोमै पड़िरहेको र गधा र सिंह छेउमा नै उभिरहेका भेट्टाए। त्‍यस सिंहले त्‍यस लाशलाई खाएको थिएन, र गधालाई पनि फहराएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी निस्केर गए, र तिनको लास बाटोमै फ्याँकिएको; अनि गधा र सिंह त्यस लासको छेउमा उभिरहेको भेट्टाए। त्यो सिंहले त्यस लासलाई खाएको थिएन, न त त्यस गधालाई नै फहराएको थियो।
Nepali ERV (पवित्र बाइबल)
बूढा अगमवक्ता निस्के अनि बाटोमा लाश पाए। गधा र सिंह अझै त्यसको छेउमा उभिएका थिए। सिंहले लाशलाई खाएको थिएन अनि यस गधालाई केही गरेको थिएन।