1 Kings 13:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अगमवक्ताले यसो पनि भने, “यो वेदी टुक्रा-टुक्रा भएर भत्कनेछ र त्यसमाथि भएको खरानी छरपष्ट हुनेछ। तब परमप्रभु मद्वारा बोल्नुभएको रहेछ भनी तिमीहरूले थाहा पाउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यही दिन परमेश्वरका जनले एउटा यस्तो चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: वेदी दुई फ्याक गरी भत्कनेछ, र त्यसमाथि भएको खरानीचाहिँ बाहिर खन्याइनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन परमेश्वरका जनले एउटा चिन्ह दिए, “याहवेहले घोषणा गर्नुभएको चिन्हचाहिँ यही हो: यो वेदी दुई फ्याक हुनेछ। यसमा भएको खरानी बाहिर पोखिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यी घटनाहरू हुनेछन्, भनेर त्यस परमेश्वरको जनले मानिसहरूलाई प्रमाण देखाए। उनले भने, “परमप्रभुले मलाई बताएको प्रमाण यो नै हो। परमप्रभुले भन्नुभयो, ‘यो वेदी भत्किने छ अनि यसको सबै खरानी भूइँमा खस्ने छ।”‘