1 Kings 13:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजा यारोबामले आफ्ना दुष्ट चाल छोडेनन् तर आफूले बनाएका वेदीहरूमा सेवाकार्य गर्न साधारण परिवारहरूबाट पूजाहारीहरू चुनेर खटाइरहे। पूजाहारी काम गर्न अघि सर्ने जोसुकै व्यक्तिलाई तिनी पूजाहारी अभिषेक गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि पनि यारोबामले आफ्ना दुष्ट चालहरू त्यागेनन्, तर डाँड़ा-डाँड़ाहरूमा भएका पूजा गर्ने थानहरूका निम्ति तिनले सबै थरीका मानिसहरूबाट पूजाहारीहरू नियुक्त गरे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई डाँड़ाका थानहरूका निम्ति तिनले नियुक्त गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि पनि यारोबाम आफ्ना दुष्ट चालहरूबाट फर्केनन्। तिनले सबै किसिमका मानिसहरूबाट अल्गा देवस्थानहरूका निम्ति पुजारीहरू नियुक्त गरे। पुजारी हुन इच्छुक जोसुकैलाई पनि तिनले अग्ला देवस्थानहरूका निम्ति अभिषेक गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा यारोबाम बदली भएनन्। उनले दुष्ट कार्य गर्न छोेडेनन्। उनले विभिन्न परिवार समूहबाट मानिसहरू छाने र पूजाहारी बनाउने कार्य जारी नै राखे। ती पूजाहारीहरू अग्लो ठाउँमा पूजा गर्दथे। पूजाहारी हुन चाहने कुनै पनि मानिसलाई पूजाहारी हुन अनुमाति दिइन्थ्यो।