1 Kings 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम राजाले अगमवक्तालाई भने, “कृपा गरी मेरो निम्‍ति परमप्रभु तिम्रा परमेश्‍वरलाई प्रार्थना गरिदेऊ र मेरो हात निको पार्न बिन्‍ती गरिदेऊ।” अगमवक्ताले परमप्रभुलाई बिन्‍ती चढाए र राजाको हात निको भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले परमेश्‍वरका जनलाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरलाई मेरो हात फेरि ज्‍यूँका त्‍यूँ पारिदिन अन्‍तर्बिन्‍ती गरिदिनुहोस्‌।” यसैले तिनले चाहेझैँ परमेश्‍वरका जनले परमप्रभुलाई अन्‍तर्बिन्‍ती चढ़ाए, र राजाको हात अघिजस्‍तै ज्‍यूँका त्‍यूँ भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले परमेश्‍वरका जनलाई भने, “मेरो हात ठिक भइजाओस् भनेर याहवेह तपाईंको परमेश्‍वरसित मेरा निम्ति प्रार्थना गरिदिनुहोस्!” यसकारण परमेश्‍वरका जनले परमेश्‍वरसित तिनको निम्ति बिन्ती गरिदिए। तब राजाको हात ठिक भएर पहिलेको जस्तै भयो।
Nepali ERV (पवित्र बाइबल)
तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।” यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो।