1 Kings 14:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले गर्दा म तेरो वंशमाथि विनाश ल्‍याउनेछु र कमाराहरूसमेत सबै पुरुषहरूलाई मार्नेछु। म तेरा सन्‍तानलाई नष्‍ट पार्नेछु र कसिङ्गर-सरह बढारी फ्‍याँक्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘यसैकारण म यारोबामको घरानामाथि सर्वनाश ल्‍याउनेछु। म इस्राएलमा भएको यारोबामका घरानाको हरेक पुरुष, कमारा वा फुक्‍का दुवैलाई खतम पारिदिनेछु। त्‍यो खतम नहोउञ्‍जेल यारोबामको घरानालाई गोबर जलाएझैँ म जलाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यसैले म यारोबामको घरानामा विपत्ति ल्याउँदैछु। म यारोबामबाट कमारा होस् वा फुक्‍का होस्; इस्राएलका प्रत्येक पुरुषलाई नाश गर्नेछु। म यारोबामको घरलाई कसैले गोबर जलाएझैँ ती सबै भस्म नभएसम्म जलाइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।