1 Kings 14:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा सन्तान कुनै सहरमा मर्यो भने त्यसलाई कुकुरहरूले खानेछन् र यदि कोही सहरबाहिर मर्यो भने त्यो गिद्धहरूको आहार बन्नेछ। म परमप्रभुले यो भनेको हो’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारोबामको घरानाका सहरमा मर्नेहरूलाईचाहिँ कुकुरहरूले खानेछन्, र वनमा मर्नेहरूलाई चाहिँ आकाशका पक्षीहरूले खानेछन्। परमप्रभुले भन्नुभएको छ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यारोबामका जोसुकै होस्, ती सबै सहरमा मर्नेछन्। तिनीहरूलाई कुकुरहरूले खानेछन्। सहरदेखि बाहिर मर्नेहरू सबैलाई आकाशका पक्षीहरूले खानेछन्। याहवेहले भन्नुभएको छ!’
Nepali ERV (पवित्र बाइबल)
शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।”‘