1 Kings 14:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सारा प्रजाले तिम्रो छोराको निम्‍ति शोक गर्नेछन् र त्‍यसलाई गाड्‍नेछन्। यारोबामका सन्‍तानमा त्‍यसको लाश मात्र उचित रीतिले गाडिनेछ किनभने त्‍योसँग मात्र परमप्रभु इस्राएलका परमेश्‍वर प्रसन्‍न हुनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको निम्‍ति सबै इस्राएलले विलाप गरेर त्‍यसलाई गाड्‌नेछन्, किनभने परमप्रभु इस्राएलका परमेश्‍वरले त्‍यसमा मात्रै केही असल कुरो भेट्टाउनुभएकोले यारोबामको घरानामा त्‍यो मात्र गाड़िनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा इस्राएलले त्यसका निम्ति बिलौना गर्नेछ र त्यसलाई गाड्नेछ। यारोबामको सन्तानमा त्यो एक जना मात्र गाडिनेछ; किनकि यारोबामको घरानाबाट त्यसमा मात्र याहवेह इस्राएलका परमेश्‍वरले केही असल पाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ।