1 Kings 14:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएललाई दण्ड दिनुहुनेछ र त्यो खोलामा निगालो हल्लेझैँ हल्लनेछ। उहाँले इस्राएलीहरूलाई तिनीहरूका पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ र यूफ्रेटिस नदीपारि छरपष्ट पार्नुहुनेछ किनभने अशेरा देवीको मूर्ति बनाएर तिनीहरूले उहाँलाई रिस उठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानीमा निगालो यताउता हल्लेझैँ परमप्रभुले इस्राएललाई त्यस्तै हल्लने गरी हिर्काउनुहुनेछ। तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उहाँले इस्राएललाई जरैसमेत उखेल्नुहुनेछ, र तिनीहरूलाई यूफ्रेटिस नदी पारि तितरबितर पार्नुहुनेछ, किनभने तिनीहरूले अशेराका मूर्तिहरू बनाएर परमप्रभुलाई रीस उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलमाथि प्रहार गर्नुहुनेछ, र त्यो पानीमा यताउता हल्लिरहने निगालोझैँ हुनेछ। उहाँले इस्राएललाई तिनीहरूका पितापुर्खाहरूलाई दिनुभएको यस असल देशबाट उखेल्नुहुनेछ। तिनीहरूलाई नदीपारि तितरबितर गरिदिनुहुनेछ। किनकि तिनीहरूले अशेरा देवीका खम्बाहरू बनाएर याहवेहलाई रिस उठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।