1 Kings 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबामले आफ्‍नी स्‍वास्‍नीलाई भने, “तिम्रो भेष बद्लेर कसैले नचिन्‍ने भई शीलोमा जाऊ। त्‍यहाँ मलाई इस्राएलका राजा हुनेछौ भन्‍ने अगमवक्ता अहियाह बस्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यारोबामले आफ्‍नी पत्‍नीलाई भने, “तिमी यारोबामकी पत्‍नी हो भनी मानिसहरूले नचिन्‍नलाई तिम्रो भेष बदली गर। तब शीलोमा जाऊ। मलाई ‘यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अहियाह अगमवक्ता त्‍यहाँ छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यारोबामले आफ्नी पत्नीलाई भने, “जाऊ, आफ्नो भेष बदल, ताकि तिमी यारोबामकी पत्नी हौ भनी मानिसहरूले नचिनून्। त्यसपछि शीलोमा जाऊ, जहाँ मलाई ‘तिमी यी मानिसहरूमाथि राजा हुनेछौ’ भन्‍ने अगमवक्ता अहीयाह छन्।
Nepali ERV (पवित्र बाइबल)
यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।