1 Kings 14:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकचालीस वर्षको उमेरमा सोलोमनको छोरो रहबाम यहूदाका राजा भए र उनले यरूशलेममा सत्र वर्ष राज्य गरे। यरूशलेम सहरलाई परमप्रभुले सारा इस्राएल देशका बीचबाट आफ्नो आराधना-स्थल नै गरी चुन्नुभएको थियो। रहबामकी आमाको नाम नामा थियो र तिनी अम्मोनी स्त्री थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनका छोरा रहबामले यहूदामा राज्य गरे। तिनी एकचालीस वर्षको उमेरमा राजा भए। इस्राएलका सबै कुलबाट आफ्नो नाउँ राख्नलाई परमप्रभुले चुन्नुभएको सहर, यरूशलेममा तिनले सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदामा सोलोमनका छोरा रहबाम राजा थिए। तिनी राजा हुँदा एकचालीस वर्षका थिए; अनि तिनले याहवेहले आफ्नो नाम राख्नलाई इस्राएलका सबै कुलहरूबाट चुन्नुभएको सहर यरूशलेममा सत्र वर्ष राज्य गरे। तिनकी आमाको नाम नामा थियो; जो अम्मोनी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।