1 Kings 14:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले झूटा देवताहरूको निम्‍ति पूजा-स्‍थलहरू बनाए र डाँडा-डाँडा र झ्‍याँगिएका रूखमुनि ढुङ्गाका खामाहरू र अशेरा देवीका मूर्तिहरू खडा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍ना निम्‍ति पूजा गर्नलाई डाँड़ाका थानहरू, चोखा ढुङ्गाहरू र अशेरा देवीका मूर्तिहरू हरेक अल्‍गो डाँड़ामा र झ्‍याम्‍म परेको हरेक रूखमुनि खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्नो लागि प्रत्येक अग्लो डाँडामा र प्रत्येक झ्याम्म परेको रूखमुनि अल्गा देवस्थानहरू, पवित्र ढुङ्गाहरू, अशेराका खम्बाहरू खडा गरे।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए।