1 Kings 14:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मूर्तिपूजा गर्ने पूजा-स्‍थलहरूमा पुरुष र स्‍त्रीहरूले वेश्‍याका काम गर्थे र यो सबैभन्दा बढी खराबी थियो। इस्राएलीहरू बढेर आई त्‍यस देशभित्र पसेका बेलामा परमप्रभुले त्‍यहाँबाट धपाउनुभएका मानिसहरूका बीचमा जस्‍ता लाजलाग्‍दा कामहरू हुन्‍थे, ती सबै काम यहूदाका मानिसहरूले पनि गर्न थालेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा पुरुष वेश्‍याहरू पनि थिए। परमप्रभुले इस्राएलकै सामुबाट निकाल्‍नुभएका जाति-जातिहरूका घिनलाग्‍दा कार्यहरू मानिसहरूले गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशमा पूजा गर्ने देवस्थानहरूमा देवदासहरू पनि थिए। इस्राएलीहरूको सामुबाट याहवेहद्वारा धपाइएका जातिहरूका घिनलाग्दा रीतिहरू गर्न मानिसहरू व्यस्त थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।