1 Kings 14:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दश वटा रोटी, केही फुलौरा र एक ढुङ्ग्रो मह उनलाई लगिदेऊ। हाम्रा छोरालाई कसो हुने हो, उनलाई सोध र उनले तिमीलाई भन्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक सानो घैँटो मह लिएर तिनीकहाँ जाऊ। बालकलाई के हुन्‍छ सो तिनले तिमीलाई बताइदिनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रो साथमा दश वटा रोटी, केही फुरौलाहरू र एक भाँडो मह लिएर तिनीकहाँ जाऊ। अनि हाम्रो छोरालाई के हुनेछ, सो तिनले बताइदिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”