1 Kings 14:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रहबाम मरे र दाऊदको सहरका राजाहरू गाड्‍ने चिहानमा गाडिए। उनकी आमाको नाम नामा थियो र तिनी अम्‍मोनी स्‍त्री थिइन्। रहबामपछि उनको छोरो अबिया राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रहबाम आफ्‍ना पित्रहरूसित सुते, र तिनीहरूसित तिनी दाऊदको सहरमा गाड़िए। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्‍मोनी थिइन्‌। तिनीपछि तिनका छोरा अबिया राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि रहबाम आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनकी आमाको नाम नामा थियो, जो एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।
Nepali ERV (पवित्र बाइबल)
रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।