1 Kings 14:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनलाई यारोबामकी स्वास्नी आफ्नो बिरामी छोराको बारेमा सोधपूछ गर्न आउँदै छिन् भनी भन्नुभएको थियो। तिनलाई के उत्तर दिने, त्यो पनि परमप्रभुले अहियाहलाई भन्नुभयो। यारोबामकी स्वास्नी आइपुगिन् र आफू अरू कुनै नारी हुँ भन्नेजस्तो बहाना गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले तिनलाई भन्नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा तँसित सोध्न आउँदैछे, किनकि त्यो बिरामी छ, अनि तैंले यस्तो जवाफ दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले अहीयाहलाई भन्नुभएको थियो, “यारोबामकी पत्नी आफ्नो बिरामी छोराको विषयमा तँलाई सोध्न आउँदैछे। तैँले त्यसलाई यस्तो जवाफ दिनू। त्यो आउँदा आफूलाई अरू कोही हुँ भनी भान पार्नेछे।”
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर? यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।