1 Kings 14:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनलाई ढोकानिर आएकी सुनेर अहियाहले भने, “भित्रै आऊ। तिमी यारोबामकी स्वास्नी हौ, म जान्दछु। किन होइनजस्तो गरेर बहाना गर्दै छ्यौ? तिम्रो निम्ति शुभ-खबर छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यो आइपुग्छे तब अरू कोही हुँ भनी त्यसले बहाना गर्नेछे। जब अहियाहले ढोकामा तिनका खुट्टाको आवाज सुने, तब तिनले भने, “ए यारोबामकी पत्नी, भित्र आऊ। किन यो बहाना गरेकी? खराब समाचार लिन म तिमीकहाँ पठाइएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनको खुट्टाको आवाज सुनेर अहीयाहले भने, “हे यारोबामकी पत्नी, भित्र आऊ। यस्तो बहाना किन गर्दैछ्यौ? म तिमीलाई एउटा खराब खबर दिन पठाइएको छु।
Nepali ERV (पवित्र बाइबल)
अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्।