1 Kings 14:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊदका सन्तानका हातबाट राज्य खोसी मैले तँलाई दिएँ। तर तँ मेरो सेवक दाऊदजस्तो भइनस्। दाऊद मप्रति पूरा मनले भक्त थियो, मेरो आज्ञापालन गर्थ्यो र मलाई मन पर्ने काम मात्र गर्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले दाऊदको घरानादेखि राज्य खोसेर तँलाई दिएँ। तर तँचाहिँ मेरो दास दाऊदजस्तै भएको छैनस्, जसले मेरो दृष्टिमा जे असल छ त्यही मात्रै गर्दै मेरा आज्ञा पालन गर्यो र आफ्नो सारा हृदयले मलाई पछ्यायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले दावीदको घरानाबाट राज्य खोसेँ, र त्यो तँलाई दिएँ। तर तँ मेरा सेवक दावीदजस्तो भइनस्, जसले मेरा आज्ञाहरू पालन गर्यो, र मेरो दृष्टिमा जे ठिक थियो, त्यही मात्र गर्नलाई आफ्नो सम्पूर्ण हृदयले मलाई पछ्यायो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैं नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुसरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें।