1 Kings 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले आफ्‍नी बज्‍यै माकालाई राजमाताको स्‍थानबाट हटाइदिए किनभने तिनले सन्‍तान दिने देवी अशेराको एउटा घिनलाग्‍दो मूर्ति बनाएकी थिइन्। आसाले त्‍यो मूर्ति काटेर ढालिदिए र किद्रोनको भञ्‍ज्‍याङमा जलाई भस्‍म पारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नै हजूरआमा माकालाई राजमाताको पदबाट हटाइदिए, किनभने तिनले अशेरा देवीको एउटा घिनलाग्‍दो मूर्ति बनाएकी थिइन्‌। आसाले त्‍यो काटेर ढालिदिए, र किद्रोन खोल्‍सामा त्‍यो जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा आसाले आफ्नी हजुरआमा माकालाई राजमाताको पदबाट हटाइदिए; किनकि उनले अशेराको घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस मूर्तिलाई काटेर ढालिदिए; र त्यसलाई टुक्रा-टुक्रा पारेर किद्रोन खोल्सामा जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
आसाले उसको आमा माकालाई पनि रानीको पदबाट हटाईदिए। माकाले अशेरा देवीको पूजा गर्न घृणित खाम्बाहरू बनाएकी थिइन्। आसाले ती खाम्बाहरू ढालिदिए अनि तिनीहरूलाई किदरोन बेंसीमा जलाईदिए।