1 Kings 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मन्‍दिर र राजमहलमा छोडिएका सबै सुन र चाँदी आसा राजाले आफ्‍ना भारदारहरूका हातमा अरामका राजा बेन-हददकहाँ दमस्‍कसमा पठाए। बेन-हदद तब्रिमोनको छोरो र हेज्‍योनको नाति थिए। आसाले बेन-हददलाई यस्‍तो खबर पनि पठाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आसाले परमप्रभुको मन्‍दिर र आफ्‍नै राजमहलका भण्‍डारहरूमा छोड़िएका सबै सुन र चाँदी लिए। तिनले आफ्‍ना अधिकारीहरूका हातमा सुम्‍पेर तब्रिमोनका छोरा, हेज्‍योनका नाति अरामका राजा बेन-हददकहाँ पठाए, जसले दमस्‍कसमा राज्‍य गर्दथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आसाले याहवेहको मन्दिरभित्र र आफ्नै महलभित्र भएका सबै चाँदी र सुन लिए। तिनले त्यसलाई आफ्ना अधिकारीहरूको जिम्मामा सुम्पेर तिनीहरूलाई दमस्कसमा राज्य गर्ने अरामका राजा बेन-हददकहाँ पठाइदिए। बेन-हदद तब्रिमोनका छोरा र हेज्योनका नाति थिए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आसाले परमप्रभुको मन्दिर अनि राजाको महलबाट सबै चाँदी र सुन निकाले। उनले सुन-चाँदी आफ्ना सेवकहरूलाई दिए अनि तिनीहरूलाई अरामका राजा बेनहदद कहाँपठाए। बेनहदद तब्रिमोनका छोरा थिए। तब्रिमोन हेज्योनका छोरा थिए। दमिश्क बेनहददको राजधानी शहर थियो।