1 Kings 15:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हाम्रा पिता-पुर्खाहरूजस्तै हामीहरू आपसमा मित्रता राखौं। यी सुन र चाँदी, तपाईंलाई सौगात पठाउँदै छु। इस्राएलका राजा बाशासितको सन्धि तोड्नुहोस् र यसो गर्दा मेरो देशबाट उनले आफ्ना फौज हटाउनुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा पिता र तपाईंका पिताका बीचमा सन्धि भएझैँ म र तपाईंका बीचमा सन्धि होस्। हेर्नुहोस्, म सुन र चाँदीको यो कोसेली पठाउँदैछु। अब इस्राएलका राजा बाशासितका तपाईंको सन्धि तोड्नुहोस्, र तिनी मबाट फर्केर जाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ उपहारस्वरूप चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
आसाले यो संदेश पठाए, “मेरा पिता र तिम्रा पिता माझ शान्ति सम्झौता भएको थियो। अहिले म तिमीसित शान्ति सम्झौता गर्न चाहन्छु। म तिम्रो लागि सुन-चाँदीको उपहार पठाइरहेको छु। इस्राएलका राजा बाशासित कृपया शान्ति सम्झौता भंग गर्नुहोस जसले गर्दा ऊ मेरो देशबाट बाहिर जानेछ अनि हामी लाई अलग छोड्नेछ।”