1 Kings 15:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेन-हदद राजाले आसाको प्रस्‍ताव स्‍वीकार गरे। उनले आफ्‍ना सेनापतिहरूसित आफ्‍ना सेना पठाए। तिनीहरूले इस्राएलका घरहरूमाथि हमला गर्नलाई इयोन, दान, हाबिल-बेथ-माका, गालील झीलछेउको इलाका र नप्‍तालीका सारा देश कब्‍जा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसासित बेन-हदद सहमत भए, र उनले आफ्‍ना फौजका सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा पठाए। उनले इयोन, दान, हाबिल-बेथ-माका र नप्‍तालीसमेत सबै किन्‍नरेत विजय गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनले नप्‍ताली सहित इयोन, दान, हाबिल-बेथ-माका र सम्पूर्ण किन्‍नरेतलाई कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा बेनहददले राजा आसासँग सम्झौता गरे। तिनले उसको सेनापतिहरू अनि सेनाहरू इस्राएली शहरहरू इयोन, दान, आबेल-बेतमाका; गलील पोखरीको वरिपरिका शहर अनि नप्तालीका इलाकामा लड्न पठाए।