1 Kings 15:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब आसा राजाले कसैलाई पनि नछोडी सबै मानिसहरूलाई रामाबाट त्यहाँ बाशाले किल्ला बनाउन चलाउँदैगरेका ढुङ्गा र काठ-पातहरू हटाइलैजान आज्ञा गरे। ती ढुङ्गा र काठ-पात लिएर आसाले मिस्पा र बेन्यामीन इलाकामा भएको गेबा सहर बलियो पार्न किल्ला बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आसा राजाले सारा यहूदालाई एउटा हुकुम दिए— कसैलाई पनि नछोड़ीकन— र तिनीहरूले त्यहाँ बाशाले प्रयोग गरेका ढुङ्गा र काठहरू लगे। ती ढुङ्गा र काठहरू प्रयोग गरेर आसा राजाले बेन्यामीनको गेबा र मिस्पालाई पनि निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजा आसाले कसैलाई पनि नछोडी सारा यहूदामा एउटा हुकुम जारी गरे। तिनीहरूले बाशाले रामामा प्रयोग गर्दै गरेका ढुङ्गाहरू र काठहरू बोकेर लगे। ती सामानद्वारा राजा आसाले बेन्यामीनमा गेबा र मिस्पा बनाए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।