1 Kings 15:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आसा राजाले गरेका अरू सारा काम, उनका साहसी कार्य र उनले निर्माण गरेका सहरहरूबारे यहूदाका राजाको इतिहासमा लेखिएका छन्। तर बुढेसकालमा खुट्टामा रोग लागेर उनी खोरण्डे भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आसाको राजकालका अरू घटनाहरू र तिनका सबै उपलब्धिहरू, र तिनले गरेका सबै कार्यहरू र निर्माण गरेका सहरहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तापनि तिनको वृद्धावस्थामा बिरामीले गर्दा तिनका खुट्टा कूँजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा आसाका जीवनकालका अरू घटनाहरू, तिनका सारा उपलब्धीहरू तिनले गरेका सबै कामहरू र तिनले बनाएका सहरहरूका विषयमा यहूदाका राजाहरूका पुस्तकमा लेखिएका छन्। तैपनि तिनको वृद्धावस्थामा तिनका खुट्टामा रोग लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
राजा आसाले गरेका त्यो प्रत्येक कुरा उसको सैनिक शक्तिको विषयमा अनि उसले स्थापित गरेका त्यो शहरहरू यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ। जब आसा बूढा भए, उनी कुँजा भएका थियो।