1 Kings 15:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तुरुन्तै उनले यारोबामको परिवारका मानिसहरूलाई मार्न थाले। परमप्रभुले आफ्ना सेवक शीलोको अगमवक्ता अहियाहद्वारा भन्नुभएको वचनअनुसार यारोबामको सम्पूर्ण परिवार मारियो, एक जना व्यक्ति पनि बाँचेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्मैलाई सर्वनाश गरे। यसरी आफ्ना दास शीलोका अहियाहद्वारा भन्नुभएको परमप्रभुको वचन पूरा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाशाले शासन गर्न थाल्नसाथ तिनले यारोबामको सम्पूर्ण परिवारलाई मारे। तिनले यारोबामका सास फेर्ने एउटैलाई पनि बाँकी राखेनन्। तर याहवेहको सेवक शीलोनी अहीयाहद्वारा उहाँले भन्नुभएको वचनअनुसार तिनीहरू सबैलाई नष्ट गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
बाशा जब नयाँ राजा भए, उनले यारोबामको परिवारको प्रत्येक सदस्यलाई मारे। बाशाले यारोबामको परिवारको कसैलाई पनि जिउँदो छोेडेनन्। परमप्रभुले जसरी हुनुपर्छ भन्नुभएको थियो यो घट्ना त्यसरी नै भयो। परमप्रभुले शीलोबाट आफ्नो सेवक अहियाह मार्फत भन्नुभएको थियो।