1 Kings 15:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम आफैंले गरेका र इस्राएलीहरूलाई गर्न लाएका पापहरूले गर्दा परमप्रभु इस्राएलका परमेश्वरलाई रिस उठेको हुनाले त्यसो भएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यारोबामले गरेका पापहरू र तिनले इस्राएललाई गर्न लाएका पापहरूको कारण, र तिनले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाएको कारण यो भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ यारोबामले गरेको पाप र तिनले इस्राएललाई गर्न लगाएको पापको कारणले अनि तिनले याहवेह इस्राएलका परमेश्वरलाई रिस उठाएको कारणले गर्दा नै भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यस्तो भयो किन यारोबामले धेरै पापका कामहरू गरेका थिए। अनि यारोबामले इस्राएलका मानिसहरूलाई धेरै पाप गर्न लगाए। यारोबामले परमप्रभु इस्राएलका परमेश्वरलाई रीस उठाए।