1 Kings 15:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर दाऊदका खातिर परमप्रभु उनका परमेश्‍वरले अबियालाई उनीपछि यरूशलेममा राज्‍य गरी त्‍यसको सुरक्षा गर्नलाई एउटा छोरो दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तरै पनि दाऊदको उत्तराधिकारी हुनलाई एक जना छोरो खड़ा गरेर र यरूशलेमलाई बलियो बनाएर दाऊदको खातिर परमप्रभु तिनका परमेश्‍वरले यरूशलेममा तिनलाई एउटा बत्ती दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्‍वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।