1 Kings 16:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा आसाको शासनकालको सत्ताईसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्‍म इस्राएलमाथि राज्‍य गरे। इस्राएली सेनाहरू पलिश्‍त देशको गिब्‍बतोन सहरलाई घेरा हालेर बसेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा आसाको सत्ताईसौँ वर्षमा जिम्रीले सात दिनसम्‍म तिर्सामा राज्‍य गरे। त्‍यस बेला सेनाचाहिँ पलिश्‍तीहरूको सहर गिब्‍बतोन नजिकको छाउनीमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा सात दिनसम्म राज्य गरे। त्यस बेला इस्राएली फौजले चाहिँ एउटा पलिश्ती सहर गिब्बतोनको छेउमा छाउनी हालेका थिए।
Nepali ERV (पवित्र बाइबल)
आसा यहूदाका राजा भएको सत्ताइसौं वर्षमा जिम्री इस्राएलका राजा भए। जिम्रीले तिर्सामा सात दिनसम्म शासन गरे। त्यस समयमा इस्राएलको सेनाले गिब्बतोनमा जो पलिश्तिहरूको थियो पाल लगाई रहेका थिए।