1 Kings 16:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उनले छ हजार चाँदीका टुक्रा दिएर एक जना शेमेर नाम भएको मानिसका हातबाट सामरिया डाँडा किने, डाँडा सुरक्षित बनाएर त्यहाँ किल्ला बनाए, एउटा सहर बसाले र शेमेरको नाममा त्यस सहरको नाम सामरिया राखे। शेमेर त्यस डाँडाका मालिक थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले चाँदीका दुई तोड़ामा शेमेरको हातबाट सामरियाको डाँड़ा किनेर डाँड़ामा एउटा सहर बनाए, र त्यस डाँड़ाको पहिलो मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले शेमेरबाट दुई टालेन्ट चाँदीमा सामरियाको डाँडा किने। त्यस डाँडामा एउटा सहर बनाए र त्यसलाई डाँडाका पहिलेका मालिक शेमेरको नामबाट सामरिया नाम राखे।
Nepali ERV (पवित्र बाइबल)
तब ओम्रीले सामरियाको पहाड किने। उनले यसलाई दुइ तोडा चाँदीमा शेमेरबाट किने। ओम्रीले पहाड माथि एउटा शहर बनाए। उनले पहाडको मालिक शेमेरको नाउँमा शहर को नाउँ सामरिया राखे।