1 Kings 16:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यारोबाम राजाले झैँ पाप गरेर तिनी अघाएनन्। सीदोनका राजा एताबालकी छोरी ईजेबेललाई विवाह गरे र बाल-देवताको पूजासमेत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबातका छोरा यारोबामका पापी चालहरूमा हिँड्न तिनको निम्ति कम भएजस्तो मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, र बाल देवताको सेवा गरेर त्यसलाई पुज्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले नबातका छोरा यारोबामका पापहरूमा हिँड्न मामूली कुराजस्तै मात्र होइन, तर तिनले सीदोनीहरूका राजा एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे, अनि बाल-देवताको सेवा गरेर त्यसलाई पुजे।
Nepali ERV (पवित्र बाइबल)
आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।