1 Kings 16:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनको शासनकालमा बेथेलको हीएलले यरीहो सहरलाई फेरि बसाले। परमप्रभुले नूनको छोरो यहोशूद्वारा अघिबाटै भन्‍नुभएअनुसार हीएलले यरीहोको जग बसाल्‍दा उनको जेठो छोरो अबीरामको मृत्‍यु भयो र सहरका ढोकाहरू बसाल्‍दा उनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। त्‍यसको जग बसाल्‍दा तिनको जेठो छोरो अबीरामको मृत्‍यु भयो, र त्‍यसका मूल ढोकाहरू बनाउँदा तिनको कान्‍छो छोरो सगूबको मृत्‍यु भयो। यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा भन्‍नुभएको वचन पूरा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबको समयमा बेथेलका हीएलले यरीहोलाई पुनर्निर्माण गरे। तिनले त्यसको जग बसाल्दा तिनको जेठा छोरा अबीरामको मृत्यु भयो। अनि त्यसका मूलढोकाहरू बनाउँदा तिनको कान्छा छोरा सगूबको मृत्यु भयो। यो सबै याहवेहले नूनका छोरा यहोशूलाई भन्‍नुभएअनुसार नै हुनगयो।
Nepali ERV (पवित्र बाइबल)
आहाबको शासनकालमा हीएलले जो बेतेलका थिए यरीहो शहर फेरि बसाए। त्यस समय हीएलले शहरमा काम शुरू गर्दा उनको ठूलो छोरा अबीरामको मृत्यु भयो। अनि जब हीएलले शहरको फाटक बनाए, उनको सानो छोरो सगूब मर्यो। यो त्यसरी नै भयो जसरी परमप्रभुले यस्तो हुन्छ भनी न्‌नको छोरा यहोशूद्वारा बोल्नु भएको थियो।