1 Kings 16:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाशाले परमप्रभुको विरुद्धमा पाप गरेको हुनाले तिनी र तिनका परिवारका विरुद्धमा दिइएको परमप्रभुको सन्‍देश येहू अगमवक्ताले सुनाएका थिए। तिनले यारोबाम राजाले झैँ पाप मात्र गरेका थिएनन्; तर यारोबामका सबै परिवारलाई पनि मारेका थिए। त्‍यसरी उनले परमप्रभुलाई रिस उठाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक परमप्रभुको दृष्‍टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्‍तै भएको कारणले— अनि तिनले त्‍यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक याहवेहको वचन हनानीका छोरा अगमवक्ता येहूद्वारा बाशा र तिनका घरानाको विरुद्धमा आयो। यसो हुनुको कारणचाहिँ बाशाले पनि यारोबामको घरानाले जस्तै याहवेहको दृष्‍टिमा जे दुष्‍टता थियो त्यही गरेका थिए, र तिनले यारोबामको परिवारलाई पनि नाश गरे। यसरी बाशानले पाप गरेर याहवेहलाई रिस उठाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुले हनानीका छोरो येहू अगमवक्तालाई बोलाई पठाउनुभयो। उहाँले उसलाई बाशा अनि उसको परिवारको विरूद्धमा एउटा वचन दिनुभयो। बाशाले परमप्रभुको विरोधमा धेरै अशुभकाम गरे। यसले गर्दा परमप्रभुलाई रिस उठ्‌यो। बाशाले त्यही काम गरे जस्तो यारोबामको परिवारले पहिला गरेका थिए। परमप्रभु साह्रै नै रिसाउनु भएको थियो। किन भने बाशाले यारोबामको परिवारलाई मारेका थिए।