1 Kings 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका आधा-रथहरूका सेनाका सेनापति जिम्री नाम गरेका अधिकृतले उनको विरुद्धमा षड्यन्त्र गरे। एक दिन तिर्सामा एलाहले आर्साको घरमा मद्य पिइरहेका थिए। आर्सा राजमहलको रेखदेख गर्ने अधिकारी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका अधिकारीहरूमध्येका एक जना आधा रथ-सेनाका सेनापति जिम्रीले तिनको विरुद्धमा षड्यन्त्र गरे। त्यस बेला एलाहले तिर्सामा आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका सेवक जिम्रीले, जो आधा राजकीय रथहरूका सेनापति थिए, तिनको विरुद्धमा षड्यन्त्र रचे। त्यस बेला एलाचाहिँ तिर्सामा आफ्नो दरबारका प्रशासक अर्साको घरमा मद्यपान गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
राजा एलाका अधिकारीहरू मध्ये एक जना जिम्री थिए। जिम्री एलाका आधी रथहरूको संञ्चालन गर्दथे। तर जिम्रीले एलाको विरोधमा षड्यन्त्र रचे। राजा एला तिर्सामा थिए। तिनी अर्साको घरमा मद्यपान गर्दै थिए अनि मदले मातेका थिए। अर्सा तिर्साको राजमहलको भारदार थियो।