1 Kings 17:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलियाले भने, “तिम्रो छोरो मलाई देऊ।” विधवाका हातबाट उनले ठिटोलाई लिए र माथिल्लो तलामा आफू बसेको कोठामा लगे र पलङ्गमा सुताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले जवाफ दिए, “तिम्रो छोरो यहाँ मलाई देऊ।” एलियाले त्यसलाई त्यस स्त्रीका हातबाट लिएर आफू बसेको माथिल्लो कोठामा लगे, र त्यसलाई आफ्नो ओछ्यानमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियाले जवाफ दिए, “तिम्रो छोरा मलाई देऊ।” तिनले त्यस केटोलाई उनका हातबाट लिए, र आफू बस्ने माथिल्लो कोठामा लगेर त्यसलाई आफ्नो ओछ्यानमा सुताए।
Nepali ERV (पवित्र बाइबल)
एलियाले उनलाई भने, “तिम्रो छोरा मलाई देऊ।” एलियाले तिनीबाट बालकलाई लिए अनि बोकेर त्यसलाई माथिल्लो तलामा लगे। उनले कोठामा ओछ्यान माथि उसलाई सुताए जहाँ उनी बस्ने गर्दथे।