1 Kings 17:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तीन पल्‍ट एलिया केटोमाथि लमतन्‍न भएर पस्रिए र यसरी प्रार्थना गरे, “हे परमप्रभु मेरा परमेश्‍वर! यस बालकमा प्राण फर्काइदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी तीन पल्‍ट त्‍यस बालकमाथि लमतन्‍न पस्रे, र परमप्रभुलाई हपारेर भने, “हे परमप्रभु मेरा परमेश्‍वर, फेरि यस बालकको जीवन यसमा फर्कोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी तीन पल्ट त्यस केटोमाथि लमतन्‍न भई पस्रे; र याहवेहलाई पुकार गरे, “हे याहवेह मेरा परमेश्‍वर, यस बालकको प्राण ऊसभित्र फेरि फर्केर आओस्!”
Nepali ERV (पवित्र बाइबल)
तब एलिया आफैं बालकमाथि तीन पल्ट पस्रिए। एलियाले प्रार्थना गरे, “हे परमप्रभु मेरो परमेश्वर। यस बालकलाई फेरि जीवन दिनु होस्!”