1 Kings 18:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवित परमप्रभु तपाईंको परमेश्‍वरलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु कि मेरा मालिकले तपाईंलाई खोज्‍न कसैलाई नपठाएको कुनै जाति वा राज्‍य बाँकी छैन। कुनै देशका राजाले मेरो देशमा एलिया छैन भन्दा आहाब राजाले त्‍यस राजालाई उहाँले भनेको कुरा साँचो हो भनी किरियासमेत खान लाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवित परमप्रभु तपाईंका परमेश्‍वरको नाउँमा शपथ खाएर म भन्‍छु, कि मेरा मालिकले तपाईंलाई खोज्‍न भनी कसैलाई नपठाउनुभएको कुनै जाति अथवा राज्‍य बाँकी छैन। अनि जब कुनै जाति वा राज्‍यले तपाईं त्‍यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले ‘हामी त्‍यसलाई पाउन सकेनौं’ भनी उनीहरूलाई शपथ खान लाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तपाईंका परमेश्‍वरलाई साक्षी राखेर भन्दछु, मेरा मालिकले तपाईंलाई खोज्न भनी नपठाएको कुनै राज्य छैन। अनि जब ती राष्ट्र वा जातिले तपाईं त्यहाँ हुनुहुन्‍न भनी दाबी गरे, तब तिनले तिनीहरूलाई ‘हामीले त्यसलाई पाउन सकेनौँ’ भन भनेर शपथ खान लगाए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन्! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए।