1 Kings 18:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यहाँबाट जाने बित्तिकै परमप्रभुको आत्‍माले तपाईंलाई उठाएर अर्को ठाउँमा पुर्‍याउनुभयो भने कसो हुने हो? तपाईं यहाँ हुनुहुन्‍छ भनी म राजालाई भन्‍नेछु, उनले तपाईंलाई भेट्टाउनेछैनन् र मलाई मार्नेछन्। हजुरलाई याद होस् कि सानै उमेरदेखि नै म परमप्रभुप्रति भक्त रहेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तपाईंलाई छोड्‌ने बित्तिकै परमप्रभुका आत्‍माले तपाईंलाई कहाँ लगिहाल्‍नुहोला? यदि मैले गएर आहाबलाई भनें र तिनले तपाईंलाई भेट्टाएनन्‌ भने, मलाई नै मार्नेछन्‌। तापनि म तपाईंको दासले त मेरो बाल्‍यावस्‍थादेखि नै परमप्रभुको आराधना गर्दैआएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तपाईंबाट गएपछि याहवेहको आत्माले तपाईंलाई कहाँ लानुहुन्छ, म जान्दिनँ। यदि मैले गएर आहाबलाई भनेँ, र तिनले तपाईंलाई भेट्टाउन सकेनन् भने तिनले मलाई मार्नेछन्। तर म तपाईंको सेवक आफ्नो बालककालदेखि नै याहवेहको आराधना गर्दैआएको छु।
Nepali ERV (पवित्र बाइबल)
यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरें।