1 Kings 18:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ईजेबेल रानीले परमप्रभुका अगमवक्ताहरूलाई मार्न खोज्दा मैले पचास-पचासका दुई दल गरी जम्मा एक सय अगमवक्ताहरूलाई ओडारहरूमा लुकाएर राखें र तिनीहरूलाई खानपानको पनि व्यवस्था गरिदिएको थिएँ भनी के हजुरलाई थाहा भएन?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मेरा प्रभु, जब ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दैथिइन्, तब मैले के गरें भनी तपाईंले सुन्नुभएको छैन र? मैले पचास-पचास गरी तिनीहरूमध्येका एक सय जनालाई ओड़ारमा लुकाइराखें र तिनीहरूलाई अन्नपानी जुटाइदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा मालिक, जब ईजेबेलले याहवेहका अगमवक्ताहरूलाई मारिरहेको बेला मैले के गरेँ, त्यो तपाईंलाई थाहा छैन? मैले याहवेहका एक सय जना अगमवक्ताहरूलाई पचास-पचास गरी दुई वटा गुफाहरूमा लुकाएँ, र तिनीहरूका निम्ति भोजन र पानी जुटाएँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले थाह पायौ मैले के गरें! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ।