1 Kings 18:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूका अघि गएर एलियाले भने, “अब कहिलेसम्‍म तिमीहरू दुई मन गरेर बस्‍छौ? परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई भन तर यदि बाल परमेश्‍वर हो भने उसैलाई पुकार!” तर मानिसहरूले एक शब्‍द पनि बोलेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले मानिसहरूका अगि आएर भने, “तिमीहरू कहिलेसम्‍म दोधारमा बसिरहन्‍छौ? यदि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्‍यसलाई पछ्याओ।” तर मानिसहरूले केही भनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलिया मानिसहरूका सामु गएर भने, “तिमीहरू कहिलेसम्म दोधारमा रहन्छौ? यदि याहवेह नै परमेश्‍वर हुनुहुन्छ भने उहाँलाई पछ्याओ। तर यदि बाल परमेश्‍वर हो भने त्यसैलाई पछ्याओ।” तर मानिसहरूले तिनलाई केही पनि जवाफ दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुसरण गर!” मानिसहरूले केही बोलेनन्।