1 Kings 18:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई वटा साँढेहरू ल्याओ। बाल देवताका अगमवक्ताहरूले एउटा साँढे लिएर त्यसलाई टुक्रा-टुक्रा गरेर काटून् र दाउरामाथि राखून्; तर आगोचाहिँ नसल्काऊन्। दोस्रो साँढे लिएर म पनि त्यसै गर्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हाम्रा निम्ति दुई वटा साँढ़े ल्याओ। उनीहरूले आफ्ना निम्ति एउटा छानेर टुक्रा-टुक्रा गरी काटेर आगो नलगाईकन दाउरामाथि राखून्। अनि मचाहिँ त्यो अर्कोलाई तयार गरेर आगो नलाईकन दाउरामाथि राख्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा निम्ति दुई वटा साँढेहरू ल्याओ। तिनीहरूले एउटा आफ्नो लागि चुनून्, र त्यसलाई टुक्रा-टुक्रा गरी काटेर दाउरामाथि राखून्; तर आगोचाहिँ नलगाऊन्। म अर्को साँढेलाई तयार पार्छु, र त्यसलाई दाउरामाथि राख्नेछु; तर म पनि त्यसमा आगो लगाउँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन।