1 Kings 18:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू एउटा साँढे लिई तयार पार किनभने तिमीहरू धेरै छौ। आफ्‍ना देवतासित प्रार्थना गर; तर आगोचाहिँ नसल्‍काओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलियाले बालका अगमवक्ताहरूलाई भने, “एउटा साँढ़े छान, र त्‍यसलाई पहिले तयार गर, किनभने तिमीहरू यति धेरै छौ। आफ्‍नो देवताको नाउँ पुकार, तर आगोचाहिँ नलगाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू यति धेरै भएकाले पहिले तिमीहरूले नै एउटा साँढे चुनेर त्यसलाई तयार गर; तर आगोचाहिँ नलगाओ।”
Nepali ERV (पवित्र बाइबल)
तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”