1 Kings 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ ल्‍याएको एउटा साँढे लिएर ती अगमवक्ताहरूले तयार पारे र मध्‍यदिनसम्‍म बाल-देवतालाई प्रार्थना गरे। तिनीहरूले चिच्‍च्‍याएर भने, “हे बाल-देवता हामीलाई जवाफ दिनुहोस्!” तिनीहरू आफूले बनाएका वेदीका चारैपट्टि नाचिरहे। तर केही जवाफ आएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले आफूहरूलाई दिएको साँढ़े उनीहरूले लिएर तयार गरे। तब बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्‍यान्‍हसम्‍म यसो भनेर पुकारे, “हे बाल, हामीलाई जवाफ दिनुहोस्‌।” तर केही प्रत्‍युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरूलाई दिइएको साँढे तिनीहरूले लगे, र त्यसलाई तयार पारे। तब तिनीहरूले बालको नाम लिएर बिहानदेखि मध्यदिनसम्म पुकार गरे। तिनीहरू यसो भन्दै चिच्याए, “हे बाल, हामीलाई जवाफ दिनुहोस्।” तर केही जवाफ आएन, न त कसैले जवाफ नै दियो। तिनीहरू आफूले बनाएका वेदीका वरिपरि उफ्रँदै नाचिरहे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ! “ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।