1 Kings 18:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मध्‍यदिन भएपछि एलियाले ठट्टा गर्दै तिनीहरूलाई भने, “अझ जोडले प्रार्थना गर! त्यो त देवता हो! ऊ दिउँसै सपना देख्‍दै होला अथवा दिसा बस्‍न गएको होला वा त यात्रामा गएको होला! हुन सक्‍छ, ऊ सुतेको छ, तिमीहरूले उसलाई उठाउनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मध्‍यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्‍चय नै त्‍यो त देवता हो! शायद ऊ घोर ध्‍यानमा मग्‍न होला, अथवा काममा व्‍यस्‍त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मध्यदिनमा एलियाले तिनीहरूलाई यसो भनेर खिसी गर्न थाले, “ठूलो सोरले चिच्याओ! त्यो त देवता नै हो! सायद ऊ गहिरो चिन्तनमा बसेका होला, वा कतै व्यस्त होला, अथवा कतै भ्रमण गर्न पो गएको होला कि? सायद, ऊ सुतिरहेको होला, र उसलाई बिउँझाउनैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्! अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्! “