1 Kings 18:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अगमवक्ताहरूले अझ जोडले प्रार्थना गरे र आफ्नो रीतिअनुसार आफैंलाई छुरी-कटारीले चोट पारेर रगत बहाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्तूरअनुसार तरवार र भालाले रगत नबगुञ्जेल आफैलाई चोट पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू ठूलो सोरले चिच्याउन थाले; अनि तिनीहरूका रीतिअनुसार रगत नबगुन्जेल आफूलाई तरवार र भालाले चोट पारे।
Nepali ERV (पवित्र बाइबल)
अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन।