1 Kings 18:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिन ढलेर प्राय: साँझ हुने बेलासम्म तिनीहरू बर्बराउँदै बौलाहझैँ कराइबसे तर केही जवाफ आएन, तिनीहरूको देवताले केही वास्ता गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मध्यदिन बित्यो, र साँझको बलिदान चढ़ाउने बेलासम्म उनीहरूले बरबराउँदै अगमवाणी कहँदैरहे। तर कुनै प्रत्युत्तर आएन, कसैले जवाफ दिएन, न कसैले ध्यान नै दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मध्यदिन बितिगयो। बेलुकाको बलिदानको समयसम्म नै तिनीहरू बौलाहझैँ अगमवाणी गरिरहे। तर त्यहाँ न त केही जवाफ आयो, न त कसैले जवाफ नै दियो; त्यहाँ कसैले ध्यान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।