1 Kings 18:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनले वेदीमाथि दाउराहरू मिलाए, साँढे टुक्रा-टुक्रा पारेर काटे र दाउरामाथि राखे। तिनले भने, “चार गाग्रा पानी भरेर यी दाउरा र बलिमा खन्याओ।” तिनीहरूले त्यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले दाउरा मिलाए र त्यस साँढ़ेलाई टुक्रा-टुक्रा काटेर दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले दाउरा मिलाए, र त्यस साँढेलाई टुक्रा-टुक्रा पारे, र दाउरामाथि राखे। तब तिनले तिनीहरूलाई भने, “चार वटा ठूला गाग्राहरूमा पानी भरेर त्यस बलिदान र दाउरामाथि खन्याइदेओ!”
Nepali ERV (पवित्र बाइबल)
तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे।